सुनकोशीको बेलिब्रिज हटाउने कार्य सुरु उदयपुर। रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा ६ महिनाअघि जडान गरिएको बेलिब्रिज हटाउन थालिएको छ। गाईघाट–दिक्तेल सडक कार्यालयकाअनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले हटाउन सुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए। बेलिब्रिज खोलिएपछि उदयपुरदेखि दिक्तेलसम्म सिधा यातायात सेवा ६ महिनाका लागि बन्द भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्