आधा दर्जन सरकारी कार्यालय जलमग्न महोत्तरी। बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन्। ढल निकासको उचित व्यवस्था नहुँदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ,कृषि कार्यालय, पशु कार्यालय लगायतका सरकारी कार्यालय जलमग्न भएका छन्। कार्यालयहरुको वरिपरि र परिसरभित्र पानी जमेपछि सेवाग्राही र कर्मचारीलाई आउजाउ गर्ने कठिनाइ भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्