राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई शिक्षा क्षेत्रमा पूर्वाधारमा केन्द्रित गरिने, १० अर्ब विनियोजन
काठमाडौँ। नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई शिक्षा क्षेत्रको पूर्वाधारमा केन्द्रित गर्ने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यस कार्यक्रममार्फत् सरकारी र सामुदायिक विद्यालयहरूमा पूर्वाधार विकास गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्। यसका लागि १० अर्ब रूपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्