सार्वजनिक यातायातमा इ-टिकटको व्यवस्था गरिने
काठमाडौँ। नेपाल सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक यातायातमा इ-टिकट व्यवस्था गर्ने जनाएको छ। आज अध्यादेशमार्फत् ल्याइएको बजेटको पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक यातायात सेवा प्रदायकबीच प्रतिस्पर्धा विकास गर्दै सुविधासम्पन्न यातायात सुविधा विकास गर्ने जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्