नेकपा केन्द्रीय कमिटी बैठक सर्यो, १५ माघमा नयाँ मिति तय
<p>काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक १५ माघलाई सारिएको छ। </p>
<p>यसअघि केन्द्रीय कमिटी बैठक २३ पुसदेखि तय गरिएको थियो। </p>
<p>प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सकिएको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको कारण केन्द्रीय कमिटी बैठकको पूर्वनिर्धारित कार्यतालिका सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। </p>
<p>९ माघमा राष्‍ट्रिय सभा सदस्यको निर्वाचन तय गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्