जुम्लामा १६ वर्षीया किशोरी बलात्कृत जुम्ला। जुम्लामा १६ वर्षीया किशोरी बलात्कत भएकी छन्। किशोरीलाई बलात्कार गरेको आरोपमा तिला गाउँपालिका–३ बस्ने २१ वर्षीय लक्की बुढालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। लक्की र सोही गाउँपालिका खलंगा बजार बस्ने मुकेश महतले जेठ ११ गते किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लक्कीलाई पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्