कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड लिएर भागेका नेपाल पक्राउ

काठमाडौं। कृषि विकास बैंकको सुरक्षाप्रणाली ह्याक गरी एक करोड रुपैयाँभन्दा बढी रकम लुटेर फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाललाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

नाइजेरियन र भारतीयसँग मिलेर बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी रुपैयाँ लुटपाट गर्ने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको थियो।

सिस्टम ह्याक गरी नेपालले एक कराेड रुपैयाँ लिएर भागेका थिए। १८ पुसमा उनले गोल्फुटारमा रहेको कृषि विकास बैंकको शाखामा पैसा झिक्न आफन्तलाई पठाए पछि सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको सिंहले बताए ।

मोरङको रंगेली नगरपालिका २ स्थायी घर भएका नेपालले ठूलो परिमाणको पैसा लुटने योजना अनुसार नै नेपालले एक दजर्नभन्दा बढी नेपाली तथा विदेशी नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको सुरक्षा प्रणाली ह्याक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्