सञ्चार र श्रमजीवी पत्रकारका पक्षमा बजेट : पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विष्ट काठमाडौँ। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारका पक्षमा बजेट आएको बताएका छन्। सरकारले आज सार्वजनिक गरेको बजेटमा प्रारम्भिक प्रतिक्रिया दिँदै सञ्चार क्षेत्रका लागि बजेट सकारात्मक रहेको उनले उल्लेख गरेका हुन्। पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा दिनेलगायत घोषणा सरकारले बजेटमार्फत् गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्