सभामुखको टुंगो केन्द्रीय कमिटीले लगाउँछः नेपाल
कन्चनपुर। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने बताएका छन्।

प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टीको केन्द्रीय समितिको बैठकले सभामुखको उम्मेद्वार टुंग्याउने बताएका हुन्।

उनले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताउँदै जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको बताए। आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गर्दै उनले भने, “प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ, जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।”

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो।

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्