बिहारमा चक्रवात् ‘यास’बाट सातजनाको मृत्यु
एजेन्सी। भारतको बिहार राज्यमा चक्रवात् ‘यास’बाट सातजनाको मृत्यु भएको छ। पटना, दरभंगा, बांका, मुंगेर, बेगुसराय, गया र भोजपुरमा चक्रवाती तुफानबाट उनीहरुको मृत्यु भएको हो। विपक्षी राजदले बिहारको नितिश सरकारको अकर्मण्यताका कारण सर्वसाधारणको मृत्यु भएको आरोप लगएका छन्। मे २६ मध्यरातमा भयंकर चक्रवाती तुफान आउँदा बढीमात्रामा बिहार र झारखण्डमा प्रभाव परेको थियो।
प्रतिक्रिया दिनुहोस्