भिसा सकिए पनि म्यानमारका नागरिक जापानमा बस्न पाउने
एजेन्सी। जापान सरकारले भिसा सकिए पनि म्यानमारका नागरिकलाई आफ्नो देशमा बस्न दिने निर्णय गरेको छ। म्यानमारमा सैनिक ‘कू’पछि नागरिकहरु असुरक्षित भएकाले जापान पुगेका उनीहरुलाई थप एक वर्ष बस्न दिने निर्णय भएको हो। म्यानमारका नागिरक आपतमा परेकाले राहतस्वरुप यस्तो व्यवस्था गरिएको जापान सरकारले बताएको छ। हाल जापानमा करिब ३५ हजार म्यानमारका नागरिक छन्।
प्रतिक्रिया दिनुहोस्