एक लेखकलाई चीनले मनपरी ढंगमा थुनेर राख्यो : अस्ट्रेलिया
एजेन्सी। चिनियाँ मूलका अस्ट्रेलियाली लेखक याङ हेङजुनलाई जासूसको आरोपमा चीनले मन परी ढंगमा थुनेर राखेको अस्ट्रेलियाले आरोप लगाएको छ। अस्ट्रेलियाका विदेशमन्त्री मोरिस पायनेले भने, ‘‘लेखक डा.याङबारे जाँचबुझ कसरी गरिएको छ भनेर अस्ट्रेलियालाई कुनै जानकारी दिइएको छैन। एकजना अस्ट्रेलियाली लेखकलाई चीनले मनोमानी ढंगमा हिरासतमा राखेको छ। अस्ट्रेलियास्थित चिनियाँ दूतावासले भने यसको खण्डन गरेको छ।
प्रतिक्रिया दिनुहोस्