नगरप्रमुखद्वारा पारिश्रमिकको रकम अक्सिजन प्लान्टमा सहयोग झापा। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन्। कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सो सहयोग दिएको नगरप्रमुख पोखरेलले बताए। पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्