कोरोना संक्रमणका पत्रकार भण्डारीको मृत्यु काठमाडौं। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा हिजो मृत्यु भएको छ। उनको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ। गत वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उनी उपचाररत थिए। हिजो साँझ उपचारकै क्रममा मृत्यु भएको हो। स्वर्गीय भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्