काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन्।

२२ पुसमा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री भट्टराई २० पुस राति त्यसतर्फ प्रस्थान गरेका पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए।

२२ पुसमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत् उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुगेका हुन्। अष्ट्रेलियाका लागि नेपाली दूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ।

कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए)लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ। कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औं पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन्। त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो। अष्ट्रेलियाबाट वार्षिक करीब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्यांक रहेको छ। यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ।

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने मन्त्रालयका प्रवक्ता तामाङले बताए। नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझैं दुवैतर्फबाट उडान हुन सकेको छैन। रासस

" /> काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन्।

२२ पुसमा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री भट्टराई २० पुस राति त्यसतर्फ प्रस्थान गरेका पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए।

२२ पुसमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत् उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुगेका हुन्। अष्ट्रेलियाका लागि नेपाली दूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ।

कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए)लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ। कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औं पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन्। त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो। अष्ट्रेलियाबाट वार्षिक करीब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्यांक रहेको छ। यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ।

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने मन्त्रालयका प्रवक्ता तामाङले बताए। नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझैं दुवैतर्फबाट उडान हुन सकेको छैन। रासस

"> भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान    : Dekhapadhi
भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान
काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन्।

२२ पुसमा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री भट्टराई २० पुस राति त्यसतर्फ प्रस्थान गरेका पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए।

२२ पुसमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत् उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुगेका हुन्। अष्ट्रेलियाका लागि नेपाली दूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ।

कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए)लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ। कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औं पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन्। त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो। अष्ट्रेलियाबाट वार्षिक करीब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्यांक रहेको छ। यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ।

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने मन्त्रालयका प्रवक्ता तामाङले बताए। नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझैं दुवैतर्फबाट उडान हुन सकेको छैन। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्