कोरोना नियन्त्रणमा असफल भएको भन्दै ब्राजिलमा राष्ट्रपतिविरुद्ध प्रदर्शन
बीबीसी। ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोविरुद्ध देशैभरि प्रदर्शन भएको छ। कोरोना नियन्त्रणमा असफल भएको भन्दै विरोध प्रदर्शन सुरु भएको हो। प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन माग गरेका छन्। ब्राजिलको रियो डि जेनेरियोलगायत थुप्रै ठूला सहरमा हजारौंले प्रदर्शन गरेका छन्। ब्राजिलमा कोरोनाका कारण चारलाख ६० हजारले ज्यान गुमाएका छन्। कोरोना नियन्त्रणमा असफल भएपछि बोलसोनारोको लोकप्रियतामा निकै ह्रास आएको मानिन्छ।
प्रतिक्रिया दिनुहोस्