भारत लैजान तयारी अवस्थामा राखिएको १६५ किलो गाँजा बरामद
सुनसरी। सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट प्रहरीले एक जनालाई १६५ किलो गाँजासहित आज विहान पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादव रहेका छन्। भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी गरिरहेको बेला यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्