बाढीले मौरीको १०० घार बगायो, ४ लाखको क्षति रुपन्देही। कपिलबस्तु शिवराज नगरपालिका–५ बस्ने मोहन अधिकारीको शिवराज मौरीपालन फर्मको १ सय वटा मौरीघार हिजो बाढीले बगाएको छ। घार बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी बिकास कोषको जग्गामा उनले मौरीपालन गरेका थिए। इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरीले ५० वटा मौरीघार उद्दार गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्