कनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग काठमाडौं।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन्।कभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिएको नगरप्रमुख पोखरेलले बताए। १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए।नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्