नरेन्द्र मोदी देशका लागि हानिकारकः कंग्रेस एजेन्सी। भारतको विपक्षी दल कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी देशका लागि हानिकारक व्यक्ति रहेको टिप्पणी गरेको छ। कंग्रेस प्रवक्ता रणदीप सुरजेवालाले आइतबार पत्रकार सम्मेलन गरेर मोदी भारत देश र भारतीय जनताका लागि ‘हानिकारक’ बताएका हुन्। मोदी सत्तामा पुगेको सात वर्ष पूरा भएको छ। यसै अवसरमा सत्ताले आफ्नो उपलब्धिको बखान गरिरहेको छ भने विशेषगरी विपक्षी कंग्रेस मोदीको कमजोरी खोतल्नमा व्यस्त छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्