चुरे तथा तराई–मधेश क्षेत्रमा डेढ करोड रुखका बिरुवा रोपिने
काठमाडौं। वन तथा वातावरण मन्त्रालयले आउँदो आर्थिक वर्ष चुरे तथा तराई–मधेश क्षेत्रमा १ करोड ५० लाख वृक्षारोपण गर्ने भएको छ। सरकारले ल्याएको बजेटमा आउँदो वर्ष सहरी क्षेत्रका सडक किनारा, आवास क्षेत्र र खुला क्षेत्रमा फलफुका बिरुवा रोपी हरितशहर विकास गर्ने लक्ष्य लिएको छ। वृक्षारोपणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतलाई परिचालन गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्