हुथी विद्रोहीद्वारा साउदीको हवाई अखडामा ड्रोन हमला
एजेन्सी। यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रस्थित किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन आक्रमण गरेको छ। यमनसँग सीमा जोडिएको साउदीको सीमावर्ती खामिस मुसाएट सहरको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन्। गत फेब्रअरीदेखि इरान समर्थित हुथी समूहले सीमा वारपार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्