काश्मिरी र प्यालेस्टिनीलाई आत्मनिर्णयको अधिकार देउ : कुरेशी
एजेन्सी। पाकिस्तानका विदेशमन्त्री शाह मोहमद कुरैशीले शान्तिका लागि दक्षिण एसियामा काश्मिर र मध्यपूर्वमा प्यालेस्टाइनीलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने बताएका छन्। इराकका विदेशमन्त्री फव्वाद हुसेनसँगको कुराकानीपछि संयुक्त पत्रकार सम्मेलनमा पाकिस्तानले यो क्षेत्रमा शान्ति चाहेको भन्दै त्यसका लागि गरिबी निवारण आवश्यक रहेको बताए। उनले इराकी राष्ट्रपति बरहाम सालेह र प्रधानमन्त्री मुस्तफा काजमीसँग पनि छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्