हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने हुम्ला। जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने जानकारी दिएका हुन्। नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्