फाइभजी नेटवर्क परीक्षणका लागि भारतद्वारा फ्रिक्वन्सी प्रदान
एजेन्सी। भारतको दूरसञ्चार विभागले हालै फाइभजी परीक्षणका लागि सेवाप्रदायक कम्पनीहरुलाई फ्रिक्वन्सी छुट्याएको छ। विभागले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलुरु, गुजरात, हैदरावादसहित अन्य सहरहरुमा फाइभजी परीक्षणका लागि फ्रिक्वन्सी उपलब्ध गराएको हो। गत मे ४ तारिखमा विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएललाई चिनियाँ प्रविधि प्रयोग नगरी फाइभजी परीक्षण गर्न अनुमति प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस्