वैशाख २६ गतेयता प्रहरीद्वारा १० हजार २२० वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार २२० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। संकलन गरिएका अक्सिजन सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि प्रहरीले बिभिन्न व्यक्ति, संस्था, पसल लगायतका स्थानमा स्टक रहेका सिलिन्डर संकलन गर्न सुरु गरेको हो।
प्रतिक्रिया दिनुहोस्