चीनले आज नेपाललाई उपलब्ध गरायो ९ करोडभन्दा बढीको स्वास्थ्य सामाग्री काठमाडौं। चीनले ५० लाख आरएमबी (९ करोड १० लाख रुपैयाँ) अतिरिक्त अनुदान सहायताअन्तर्गत आज बिभिन्न स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन,२० थान पोर्टेवल अल्ट्रासाउण्ड र ३० थान एनेस्थेसिय मेसिन आदि रहेका छन्। चीनले ती सामाग्री तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्