चीनले भोलि नेपाललाई १५ सय थान अक्सिजन सिलिन्डर केरुङ नाकामा हस्तान्तरण गर्ने
काठमाडौं। चीनले भोलि नेपाललाई थप १ हजार ५ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने भएको छ।परराष्ट्र मन्त्रालयकाअनुसार चिनियाँ अधिकारीले केरुङ नाकामा ती सिलिन्डर नेपाललाई हस्तान्तरण गर्नेछन्। चीनले नेपाललाई अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गर्ने ३ हजार ५ सय सिलिन्डरमध्ये १ हजार ५ सय थान भोलि बुझाउन लागेको हो।यसअघि नेपालले बेइजिङबाट चीनले अनुदान सहयोगमा दिएको सिलिन्डर जहाजमा ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस्