वैकल्पिक विधिबाट एसईई सञ्चालन गर्न सुझाव भक्तपुर। गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ। बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ। जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षाको तयारी गरेको बोर्डले कोरोना संक्रमण पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्