पत्रकारका लागि असुरक्षित बन्दै पाकिस्तान
काठमाडौं। पछिल्लो समय पाकिस्तान पत्रकारहरुका लागि असुरक्षित बन्दै गएको छ। इस्लामावादमा केही दिनअघि पत्रकार अली तुरमाथि घातक हमला भयो। गत महिना बन्दुकधारीहरुले अर्का पत्रकार अबसार आलममाथि आक्रमण गरे। गतवर्ष पत्रकार मतिउल्ला जानको अपहरण भयो। २०१८ मा इमरानको सरकार बनेयता विशेषगरी सरकारका र सेनाका आलोचक पत्रकाहरुमाथि निरन्तर हमला भएको छ। पाकिस्तानमा पत्रकारहरुलाई काम गर्न कठिन भएको विषयमा सर्वत्र चिन्ता बढेको छ।
प्रतिक्रिया दिनुहोस्