थाइल्यान्डमा युक्रेनका राजदूतको निधन एजेन्सी। थाइल्यान्डका लागि युक्रेनका राजदूत एन्ड्री बेस्ताको दक्षिणी सातुन प्रान्तको लिपे द्विपस्थित एक होटलमा आइतबार निधन भएको छ। उनी परिवारका साथ घुम्न गएका थिए। होटलमा बेहोस भएर लडेपछि उनलाई मृत घोषित गरिएको परिवारले बताएको छ। प्रहरीले बेस्तालाई हृदयाघात भएको आशंका गरेको छ। बेस्ता २०१६ जनवरीदेखि थाइल्यान्डका लागि युक्रेनी राजदूतका रुपमा कार्यरत थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्