फिदिममा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
काठमाडौं। पाँचथरको फिदिम नगरपालिका–३ सुङ्निमा चोकमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने२ जना घाइते भएका छन्। मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने५० बर्षीया ममता राई रहेकी छन्।गम्भीर घाइते उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो। घाइते भएका१९ बर्षीय हेमन सुब्बा र ५५ बर्षीय होड कुमार राईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्