काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखुखेतीका लागि सरकारले दिने अनुदान अब सोझै किसानको खातामा जाने बताएका छन्। मन्त्री भट्टले त्यो प्रक्रिया शुरू नै भइसकेको दाबीसमेत गरे।
“आज मात्रै हामीले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेका छौं”, मन्त्री भट्टले देखापढीसँग भने, “अब अनुदान सोझै किसानको खातामा जान्छ, त्यो प्रक्रिया आजैदेखि शुरू भइसक्यो।”
मन्त्री भट्टले उखु बेचेको भुक्तानी नपाउँदा काठमाडौंसम्म आएर रोएका कृषक अब हास्ने दाबी गरे। उनले भने, “कृषकलाई उखुको पैसा उपलब्ध गराउन आवश्यक परे सरकार उद्योगीहरूसँग कठोर रूपमा प्रस्तुत हुन्छ।”
अहिले सञ्चालनमा रहेका १३ वटा चिनी मिलमध्ये लुम्बिनी चिनी मिल एक वर्षदेखि सम्पर्कमा नरहेको, ९ वटा चिनी मिलले कृषकको पैसा दिइसकेको र सर्लाहीका उखु कृषकको आन्दोलनपछि बाँकी तीनवटा चिनी मिललाई पनि सरकारले कृषकको रकम भुक्तानी गर्ने प्रक्रियामा लिइसकेको मन्त्री भट्टले बताए।
उनले कृषक र उद्योगी एकअर्काका परिपुरक रहेको उल्लेख गर्दै उद्योगीका समस्या पनि समाधान गरिने बताए। “देशभित्र उत्पादित चिनी बिक्री होस् भनेर चिनी आयातमा ४० प्रतिशत भन्सार बढाएका छौं”, उनले भने, “अब उद्योगीका गोदाममा कति चिनी स्टक छ भनेर पनि हेर्छौं।”
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखुखेतीका लागि सरकारले दिने अनुदान अब सोझै किसानको खातामा जाने बताएका छन्। मन्त्री भट्टले त्यो प्रक्रिया शुरू नै भइसकेको दाबीसमेत गरे।“आज मात्रै हामीले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेका छौं”, मन्त्री भट्टले देखापढीसँग भने, “अब अनुदान सोझै किसानको खातामा जान्छ, त्यो प्रक्रिया आजैदेखि शुरू भइसक्यो।”

">