महामारीको अवस्थामा नागरिकको अधिकारको संरक्षण गर्न आग्रह काठमाडौं।राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा आम नागरिकको स्वास्थ्य उपचार एवम् मानवअधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।आयोगले कास्की, मोरङ, झापालगायतका जिल्लाहरुमा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरुको ज्यान गएको अनुगमनमा देखिएको जनाएको छ। दम, मधुमेहलगायतका अन्य दीर्घ रोगीहरुले नियमित सेवन गर्नुपर्ने औषधिको अभाव देखिएको र व्यवसायीहरुले हालको मूल्यमा सिटामोल उत्पादन गर्न नसकिने बताएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्