विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै चितवनका विद्यालयहरु
चितवन। कोरोना सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ। बाल कक्षादेखि कक्षा ९सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो। शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अङ्कको२० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अङ्कको ६० प्रतिशत अङ्क दिइनेछ।रासस
प्रतिक्रिया दिनुहोस्