यूएनमा चीनको प्रभाव कम गर्न भारतले बनाउन थाल्यो रणनिती एजेन्सी। कतिपय भारतीय थिंक ट्यांकहरु पछिल्लो समय संयुक्त राष्ट्र संघ(यूएन)मा चीनको प्रभाव ह्वात्तै बढेकाले भारतले सक्रिय र प्रभावकारी कदम चाल्नुपर्ने बताउन थालेका छन्। इन्डियन काउन्सिल अन ग्लोबल रिलेसन्स(आईसीजीआर)को रिपोर्टअनुसार, चीन यूएनका १५ महत्वपूर्ण एजेन्सीमध्ये चारवटामा प्रमुख र नौवटामा प्रतिनिधिका रुपमा रहेको छ। विश्व स्वास्थ्य संगठनजस्तो अति महत्त्वपूर्ण निकायको प्रमुख टेड्रोस अधनम ग्याब्रियससलाई चीनले आफ्नो मुठ्ठीमा पारेको आईसीजीआरको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्