राजधानी र नामका विषयमा २२ पुसमा मतदानः प्रदेश ३ सभामुख <p>काठमाडाैं। प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेश सभामा २१ पुसमा छलफल हुने र २२ मा मतदान हुने बताएका छन्।</p> <p>प्रदेश सभा सचिवालयमा आज पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन्। पहिलो दिनको प्रदेश सभा बैठकमा ९ प्रस्ताव रहेकाे उनकाे भनाइ छ। त्यसैगरी दोस्रो दिन ६ प्रस्ताव रहेकाे र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उनले जानकारी दिए।</p> <p>राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने श्रेष्ठले बताए। निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए। निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्