बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप काठमाडौं। बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो। निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्