धनुषा। प्रदेश २ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार पदमा आठजनाको उम्मेद्वारी परेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले दुई/दुईजनाको संयुक्त उम्मेद्वारी दर्ता गराए। नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीले पनि दुई/दुईजनाको उम्मेद्वारी दर्ता गराएको हो।
नेकपा र राजपाले संयुक्तरूपमा जुलुस निकालेर निर्वाचन आयोग पुगी मनोनयन दर्ता गराएका थिए।
नेकपाले दलितमा सलार्हीका राधेश्याम पासमान, महिलामा तुलसा दाहाल र राजपाले अन्यबाट मृगेन्द्रकुमार सिंह यादव, अल्पसंख्यकबाट शेखरकुमार सिंहको उम्मेद्वारी दर्ता गराएको छ।
कांग्रेसले महिलामा महोत्तरीकी नगिना यादव, अल्पसंख्यकमा धनुषाका भोला पंजियारको उम्मेद्वारी दर्ता गरायो।
समाजवादी पार्टीले दलितमा रामलाल पासवान र अन्यबाट अनिरुद्र यादवको उम्मेद्वारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
गत निर्वाचनमा दुई मधेशवादी दल समाजवादी र राजपाले गठबन्धन बनाएर उम्मेद्वारी दिएका थिए। यसपालि नेकपा–राजपा र समाजवादी–कांग्रेसबीच राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन बनेको छ।
राष्ट्रिय सभामा उम्मेद्वार बनेका राजपाका मृगेन्द्रकुमार सिंह र समाजवादीका अनिरुद्र यादव दाजुभाइ हुन्।
" /> धनुषा। प्रदेश २ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार पदमा आठजनाको उम्मेद्वारी परेको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले दुई/दुईजनाको संयुक्त उम्मेद्वारी दर्ता गराए। नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीले पनि दुई/दुईजनाको उम्मेद्वारी दर्ता गराएको हो।

">