कोरोना महामारीबीच प्रधानसेनापति थापा पृतनाहरूको निरीक्षण भ्रमणमा काठमाडौं। कोरोना महामारीबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुदूरपश्चिम, मध्यपश्चिम र उत्तरपश्चिम पृतनाअन्तर्गतका युनिटहरूको निरीक्षण गरेका छन्। भ्रमणको क्रममा उनले सुदूरपश्चिम पृतनाअन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मूल्य क्यान्टिनको धनगढी शाखा र तेघरीस्थित सैनिक शिविरको उद्घाटन गरेका थिए। उनले नवलपरासीमा तैनाथ कालीध्वज गण र बाँकेमा तैनाथ अर्जुनवाण गणको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्