६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने काठमाडौं। सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा 'ब्रोण्डब्याण्ड इन्टरनेट' पुर्‍याउने भएको छ। ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ।भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक,सिन्धुपाल्चोक,रसुवा, नुवाकोट,दोलखा, सिन्धुली,रामेछाप,ओखलढुगांलगायतका जिल्लाका विद्यालयमा इन्टरनेट जडान हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्