नेतन्याहुको पद संकटमा
एजेन्सी। इजरायलमा १२ वर्ष प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहु पदबाट बाहिरिने अवस्था देखिएको छ। उनीसँगै गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षीसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै नेतन्याहुको पद संकटमा परेको हो। इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहु र उनको दल लिकुड पार्टी अल्पमतमा पर्ने स्थिति छ। बेनेटले भने, ‘‘राष्ट्रिय एकताको सरकार निर्माण गर्ने छौं।’’
प्रतिक्रिया दिनुहोस्