बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु बर्दिया। पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो। बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो। खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्