सभामुख चयनः पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्।

पूर्वमाओवादी समूहका नेताहरूले दाहाल निवास खुमलटारमै पुगेर दबाब दिएका हुन्।

दाहालले आफ्नै समूहबाट आएको दबाब थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभामुखको विषय टुंगो लगाउन नसकेको आजको नागरिक दैनिकले समाचार लेखेको छ।

दाहाल निवासमा पूर्वमाओवादी समूहले निरन्तर छलफल गरिरहेका छन्।

दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन्।

“हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरूलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं। सभामुखको विषय टुंगिएको छैन”, पौडेलले भने।

सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ।

एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा नेकपाका कार्यकारी अध्यक्ष दाहाल निवासमा सोही विषयमा छलफल भएको थियो।

दाहालले सभामुख कार्यकारी अध्यक्ष पदसँग साटेको हल्लापछि पूर्वमाओवादी नेताहरूले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

सभामुखमा पूर्वमाओवादीतर्फबाट अग्नि सापकोटा र पूर्व एमालेतर्फबाट सुवास नेम्बाङको नाम चर्चामा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्