उपत्यकाको निषेधाज्ञा खुकुलो बन्दै काठमाडौं। उपत्यकामा थपिने निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ। १४ गतेदेखि २० गतेसम्मका लागि थपिएको निषेधाज्ञामा खाद्यान्न पसल पनि खोल्न नपाइने व्यवस्था गरिएको थियो। तर, २१ गतेदेखि एक साताका लागि थपिने निषेधाज्ञामा खाद्यान्न पसलहरु विहान–बेलुका खोल्न दिने जिल्ला प्रशासन कार्यालयले बताएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई केही खुकुलो बनाउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्