भारतीय शिक्षामन्त्री पुनः अस्पताल भर्ना काठमाडौं। भारतका केन्द्रीय शिक्षामनत्री डा.रमेश पोखरियाल ‘निशंक’ को स्वास्थ्य अवस्था पुनः खराब भएपछि एम्समा भर्ना भनाका छन्। कोरोना संक्रमणमुक्त भएका उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार पुनः अस्पताल भर्ना भएका हुन्। उनलाई २१ अप्रिलमा कोरोना संक्रमण पुष्टि भएको थियो। एम्सका डाक्टर निरज निश्चल नेतृत्वको चिकित्सकको टोलीले उनको उपचार जारी राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्