३२ वर्ष पुरानो शुभतारा बन्द, अभिभावकद्वारा विरोध
काठमाडाैं।शान्त,पारिवारिक वातावरण,सिङ्गो गाउँजस्तै आकर्षक भवन,गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको पहिचान बनाएको ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय बन्द हुने भएको छ।अभिभावकसँग समन्वय नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित विद्यालय व्यवस्थापनले बन्द गर्ने निर्णय पठाएपछि विद्यार्थी र अभिभावक चिन्तामा परेका छन्। स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएको हो।
प्रतिक्रिया दिनुहोस्