पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्ध आन्दोलनको घोषणा एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी ११ दलको गठबन्धनले सशक्त आन्दोलनको घोषणा गरेका छन्। पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट(पीडीएम) नामको गठबन्धनले जुलाई ४ देखि आन्दोलन गर्ने घोषणा गरेको हो। आन्दोलनको सुरुआत स्वात जिल्लाबाट गरिने बताइएको छ। स्वातपछि कराँची, इस्लामावाद र अन्य सहरमा पनि आन्दोलन गरिने पीडीएमका संयोजक मौलाना फजलुर रहमानको भनाई छ। सरकारले गरेको निर्वाचन घोषणालाई नमान्ने पनि पीडीएमले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्