स्कटल्यान्डमा पहिलोपटक प्रागैतिहासिक चित्रकला भेटियो बीबीसी। स्कटल्यान्डको एर्गिलस्थित किलमार्टिन ग्लेन भन्ने स्थानमा करिब ४-५ हजार वर्ष पुरानो प्रागैतिहासिक चित्रकला भेटिएको छ। नवपाषाणकालतिरको मानिने मृगको चित्रकला हिस्टोरिक इन्भारोन्मेन्ट स्कटल्यान्डका पुरातत्त्वविद् हमिश फेन्टनले पत्ता लगाएका हुन्। किलमार्टिन ग्लेन भन्ने स्थानमा नवपाषाणकालीन तथा कास्य युगका थुप्रै प्रागैतिहासिक सामग्री भेटिँदै आएका छन्। युरोपका अन्य स्थानमा यस्ता चित्रकला पाइएता पनि स्कटल्यान्डमा यस्तो चित्र पहिलोपटक भेटिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्