नेपाललगायत एसियाका देशमा रहेका शरणार्थीलाई खोप उपलब्ध गराउ : युएनएचसीआर काठमाडौं। शरणार्थीसम्बन्धि राष्ट्रसंघीय उच्चआयुक्तको कार्यालय (युएनएचसीआर)ले नेपाललगायत एसियाका देशमा रहेका शरणार्थीलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेको छ। खोप नपाउँदा एसियामा रहेका शरणार्थीको जोखिममा परेकोसमेत युएनएचसीआरले जनाएको छ। नेपाल र भारतमा अक्सिजन र बेडको अभाव भइरहेकोप्रति पनि युएनएचसीआरले चिन्ता व्यक्त गरेको छ। कोभ्याक्स कार्यक्रमलाई सहयोग गर्न युनएनएचसीआरले विश्व समुदायलाई आग्रहसमेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्